जिम्मेवारी नदिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित
काठमाडौ – स्वास्थ्य मन्त्रालयले छैटौ तहमा आफुहरुको पदस्थापना गरेपनि दरबन्दी र जिम्मेवारी नदिएको भन्दै मुलुकभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ दफा ९ ख बमोजिम कुल दरबन्दी श्रृजना गरि पदस्थापना गर्ने भनिएपनि सो नभएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् । स्वास्थ्य सेवा ऐन कार्यन्वयन गरी आफुहरुको पदबमोजिम दरबन्दी र जिम्मेवारी माग गर्दै स्वाथ्यकर्मीले गत जेठ २० गतेयता मन्त्रालय परिषरमा धर्ना दिईरहेका छन् । आफुहरुलाई मन्त्रालयले छैटौ तहमा पदस्थापना गरेपनि हाल पाँचौ तहका कर्मचारीको मातहतमा बसेर काम गर्नुपरेको उनीहरुको गुनासो छ । बिरोध कार्यक्रममा ७५ वटै जिल्लाका स्वास्थ्य सेवाका सवै समुहका स्वास्थ्यकर्मीहरु अहेव, सिनियर अहेव, सिनियर अनमी, हेअ, जिल्ला सुपरभाइजर अधिकृत, आर्युवेद लगायतका स्वास्थ्यकर्मीहरु सहभागि रहेको स्वास्थ्यकर्मी संयुक्त ट्रेड युनियनका मोरङका सदस्यसचिव दुर्गाप्रसाद आर्चायले बताउनुभयो । मुलुकभर छैटौ तहका ११ हजार १ सय ५३ स्वास्थ्य कर्मचारीहरु रहेको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण