बीजी मलमा मोबाइल एक्स्पो हुँदै
काठमाडौ– काठमाडौंको नयाँ बसपार्कमा अत्याधाुनिक शैलीको बीजी मलले मोवाइल ग्राहकलाई लक्षित गर्दै मोबाइल एक्स्पो सञ्चालन गर्ने भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले असार १ गतेदेखि ११ गतेसम्म मोबाइल एक्स्पो सञ्चालन गर्न लागेको हो । एक्स्पो अवधिमा ग्राहकले बीजीमलका सबै फेन्सी पसलबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने जनाइएको छ । उक्त अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्ट फोन पाउने छन् । त्यसै गरि १० हजार रुपैंयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने जनाइएको छ । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने जनाइएको छ । सबै ब्राण्डका मोबाइल एकै छानामुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयाँसम्मका मोबाइल सेटहरु राखिने छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण