प्रचण्डलाई कारबाही गर्नुपर्छ : नयाँ शक्ति प्रवक्ता
भक्तपुर– नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्धन्द्धकालिन समयको घटनालाई लिएर कारवाही भए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले बधुबार आयोजना गरेको साक्षत्कार कार्यक्रमा बोल्दै उनले भने ‘तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत हुन्, त्यसैले उनीहरुले पनि जिम्मेवारी लिनु पर्दछ ।’ द्धन्द्धको समयका घटनलाई अपराधिकरण गर्ने वा क्रान्तिकरण गर्ने भन्ने कुरा प्रचण्ड र गृहमन्त्री बस्नेतको हातमा रहेको देवकोटाले बताए ।
उनले नाकाबन्दी सकिएको लामो समयसम्म पनि सरकार कालोबजारीको संरक्षणमा लागेका भन्दै यस्तो अवस्था निम्तनु दुःखद भएको बताए । उनले भने, ‘वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएको छ, जनताको समस्या समाधान गर्न नसक्ने केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको भइसकेको छ ।’ भुकम्पको पीडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजीओ र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको देवकोटाको भनाई छ ।
प्रवक्ता देवकोटाले पुननिमार्ण प्राधिकरणलाई राजनीति भर्तीको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको समेत दुरुपयोग गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण