भक्तपुरमा लागूपदार्थको मौलाउँदो कारोबार : १७ वर्षे किशोरदेखि ६० वर्षकी वद्धासम्म
भक्तपुर – गत माघ १२ गते अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं.१५ गुण्डु की ६० वर्षकी मन्जु के.सीलाई महानगरीय प्रहरी परिसर भक्तपुरको विषेश टोलीले गाँजासहित पक्राउ ग¥यो ।
प्रहरीले मन्जुको साथबाट २ किलो १ सय ५० ग्राम गाजाँ बरामद गरेको थियो । प्रहरीले उनलाई आवश्यक कारवाहिको लागि भक्तपुर जिल्ला अदालतको प्रमाणसहित पेश ग¥यो । अदालतले गत फागुन १२ गतेको आदेशले २० हजार रुपैयाँ धरौटी तिरेर उनी थुना मुक्त भइन् ।
गत साउन ४ गते भक्तपुर प्रहरीको विषेश टोलीले भक्तपुर नगरपालीका ४ कमलविनायबाट चाँगुनायण ६ डेरा गरी बस्ने सप्तरी नकटीराईपुर–१ का १७ वर्षका सुनिल खङ्ग, सोही जिल्लाकै १७ वर्षका श्याम कुमार मण्डल र उनीहरुका साथीहरुलाई पक्राउ ग¥यो ।
प्रहरीले उनीहरुको साथबाट फेनारगन, लुपिजेसिक र डाईजेल्याब नामका लागू पदार्थ समेत बरामद गरेको थियो । गत असोज १ गतेको भक्तपुर जिल्ला अदालतको आदेशले सुनिल र श्याम कुमार पुर्पक्षको लागि थुनामा गएका छन् ।
यि त प्रतनिधी पात्र मात्र हुन् यस्ता धेरै व्यक्ति कोही जानी जानी, कोहीले क्षणिक रमाइलोको लागि साथी संगतले त कोही थोरै पैसाको लोभमा परेर पनि गाँजादेखि अन्य विभिन्न प्रकारका लागुऔषधको कारोबारमा लाग्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
धेरै जसो युवायुवतीहरुले स्कुल जीवनदेखि नै धुम्रपानको सेवनसंगै संगतले गाजाँको सेवन गर्दै घातक लागुपर्दाथको सेवन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । विभिन्न समयमा पक्राउ परेका व्यक्तिबाट ६० ग्राम देखि फेनारगन, लुपिजेसिक, डाईजेल्याब लगायतका लागूपदार्थ ३/४ सय थान सम्म फेला पारेको महानगरीय प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी परीसर भक्तपुरले आर्थिक वर्ष २०७०/०७१ मा १ महिला र १२ जना पुरुषलाई विभिन्न प्रकारका लागूपदार्थ सहित प्रक्राउ गरेको थियो ।
आर्थिक वर्ष २०७१/०७२मा १ महिला र १८ जना पुरुषलाई लागूपदार्थ सहित प्रक्राउ गरेको थियो । उक्त वर्ष लागू पर्दाथ सहित पक्राउ पर्नेमा ६२ वर्षका १/१ जना वृद्ध र वद्धा समेत रहेको प्रहरीले जानकारी दिएको छ ।
यस आर्थिक वर्षको हाल सम्ममा २ जना महिला र १४ जना पुरुषलाई प्रहरीले विभिन्न प्रकारका लागूपदार्थसहित प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण