एस.एल.सी नतिजा नबुझेर डोल्पाली बिद्यार्थी अन्यौलमा
दुनै – गत बर्षको एस.एल.सी देखि लागु गरिएको अक्षराङ्कन मुल्याङ्कन प्रणालीले डोल्पाली बिद्यार्थीलाई नतिजा बुझन् समस्या भएको छ ।
नतिजा हेर्न जानेतापनि प्राप्त गरेको अङ्कका आधारमा आफ्नो स्तर निर्धारणगर्न नजान्दा समस्या भएको त्रिपुराकोट मावि त्रिपुराकोटमा अध्ययनगर्ने बिद्यार्थी करुणा हमालले बताइन् ।
जी.पी.ए भनेको के हो कति अङ्क ल्याए कुन ग्रेड, माथिल्लो ग्रेड ल्याउन पुन: परीक्षा दिन पाईने नपाईने,कति ल्याए कक्षा ११ मा भर्ना लिने तथा कति ल्याएपछि कुन कुन बिषय पढ्न पाउने भन्ने बिषयमा अधिकांश डोल्पाली बिद्यार्थीहरुलाई अन्योल भएको उनले बताए । यस सम्बन्धि ज्ञान नहुँदा आफुलाई पनि नतिजाहेर्न समस्या भयो उनले भने ।
फोन सेवाको सुविधा नभएका गाँउहरुका बिद्यार्थीहरुलाई नतिजा हेर्न झनै समस्या भएको छ ।
यसले गर्दा नतिजा प्रकाशन भएको एकहप्ता सम्मपनि जानकारी नहुने बिद्यार्थीहरुको भनाई छ ।
इन्टरनेटको पँहुच भएका जिल्लाहरुमा बिभिन्न सञ्चारमाध्यामहरु मार्फत जानकारी पाईने भएतापनि यस जिल्लामा इन्टरनेटको राम्रो पँहुच नभएकाले धेरैजसो बिद्यार्थी लेटर ग्रेडिङ सम्बन्धि अनबिज्ञ भएको स्थानिय टिका दत्त न्यौपानेले बताए ।
उनका अनुसार परीक्षा अगाडिनै यस सम्बन्धि बिभिन्न बिद्यालयहरुमा अन्र्तक्रिया, छलफल गरेको भए यस्तो समस्या नआउने समेत न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण