भूकम्प पीडितहरुलाई जापान पठाई दिन्छु भनी ठगी गर्ने जापाजी नागरिक पक्राउ
काठमाडौं – जापानमा आकर्षक जागिर लगाइदिनुभन्दै भूकम्पपीडितसँग लाखौं ठगी गर्ने जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिरोसी मोरिकावा रहेका छन् । उनीसँगै ठगीमा संलग्न लाजिम्पाट घर भएका ५० वर्षीय बज्र गुरुङ पनि रहेका छन् ।
दुवै मिलेर जापानमा पासोना नामको मल्टीनेश्नल कम्पनीको मेनेजर आफ्नो विगत ४५ बर्ष देखिको साथी भएकोले ८ लाखमा नै जापान पठाउने भनेर भूकम्पपीडितलाई लोभ्याउने गरेका थिए । जापानमा प्रति महिना ३ देखि ४ लाख रुपैया कमाई हुने भन्दै गोरखा घर हुने जनकराज ढकाल समेत १२ जनाबाट रु ११ लाख ३० हजार रकम लिएका थिए । जापान नपठाइ पीडितहरुसंग सम्पर्क विहिन भए पश्चात पीडितहरुले ठगीएको कुरा थाहा पाएका थिए । महानगरीय अपराध महाशाखामा उजुरी परेपछि खटिएको विशेष टोलीले मोरिकवा र गुरुङ्गलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको थियो । दुवैलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
उनीहरुले भूकुम्प पीडितको घरहरु भुकम्प प्रतिरोधी बनाई दिने भनि दोलखाको सिंगटीमा भुकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम संचालन गरेको र तालिम सम्पन्न पस्चात सजिलो गरि जापान जान सकिने भनि विभिन्न पीडितहरु संग ठूलो मात्रमा रकम लिएको हुन सक्ने देखिएको अनुमान गर्दै प्रहरीले अनुसन्धान कार्य जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण