चितवन र वीरगंजबाट एक दर्जन नक्कली चिकित्सक पक्राउ
चितवन - शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनीहरुको अनुसन्धान समेत केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने र आवश्यकता हेरी मुद्दा दर्ता गरिने कुँवरले बताए । यता, अजौ सीबीआईको टोलीले वीरगञ्जबाट ८ जना डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाराणी अस्पताल र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरु रहेका छन् छन् भने वीरगञ्जमा क्लिनिक सञ्चालन गरिरहेका पनि पक्राउ परेका छन् । डाक्टर पक्राउ परेपछि नेशनल मेडिकल कलेज र नारायणी अस्पतालका डाक्टर र कर्मचारीहरुले विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण