जनकपुर घटनामा संलग्नलाई कारबाही माग
काठमाडौँ– विसं २०६२ मा जनकपुरमा प्रहरीद्वारा मारिएका राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारी दयाराम परियारको परिवारले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै परियारकाको परिवारले आज सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएको हो । जनआन्दोलनको पूर्वसन्ध्यामा जनकपुरको जनक चोकमा चैत ११ गते तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको टोलीले गोली चलाउँदा परियारलाई लागेको थियो । गोली लागेका परियारको उपचारकै क्रममा चैत १५ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।
यसअघि आयोगले परियार हत्याकाण्डको छानबिन गरी त्यहाँ गोली चलाउनुपर्ने कुनै कारण नदेखिएको र घटनामा प्रहरीले न्यूनतम मानवता पनि प्रदर्शन गर्न नसकेको जनाउँदै फौजदारी अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस समेत गरेको मृतकका दाजु प्रकाशचन्द्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण