बँदेलले आक्रमण गर्दा तीन जना गम्भीर घाइते
शुक्रबार, ०३ असार २०७३, १८ : ०२
अछाम– अछाम जिल्लामा बँदेलको आक्रमणबाट तीन जना गम्भीर घाइते भएका छन् ।
गाउँ नजिकैको धुरेला जङ्गलबाट एक्कासि गाउँ पसेको बँदेलले आक्रमण गर्दा मङ्गलसेन नगरपालिका–१० जुपु गाउँका का ६० वर्षीय मानबहादुर बाग्पाल, २६ वर्षीय बमबहादुर रावल र कञ्चनपुर गुलरियाका ४८ वर्षीय पल्टुराम चौधरी घाइते भएका हुन् ।
बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएका मानबहादुर बाग्पाल र पल्टुराम चौधरीलाई उपचारका लागि जिल्लाको सामुदायिक अस्पलाल बयालपाटा लगिएको छ भने बमबहादुर रावललाई अछाम जिल्ला अस्पतालमा लगिएको स्थानीय नेत्र रावलले बताए ।
तीन जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि बँदेललाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय अछामको टोलीसहित प्रहरी खटाइएको अछामका प्रहरी प्रमुख डिएसपी नीरञ्जनदत्त भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण