हाब्रेको छालासहित दुई पक्राउ
शुक्रबार, ०३ असार २०७३, १८ : २२
रसुवा– बिक्रीवितरणका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले दुर्लभ हाब्रेको छाला सहित दुई युवालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा राम्चे गाविस–५ का रामकृष्ण वाइवा र सुजन तामाङ छन् । मोटरसाइकलबाट बिक्रीका लागि लैजाँदै गर्दा उनीहरुलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको रसुवाको टोलीले बिहीबार राति धैबुङ गाविसको कालिकास्थानबाट छालासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी अपराध भएकाले कारबाहीका लागि उनीहरुलाई आजै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण