संविधान निर्माणपछि एमाले आर्थिक विकासमा केन्द्रित : नेता नेपाल
शुक्रबार, ०३ असार २०७३, १८ : ३८
तनहुँ–एमालेका वरिष्ठ नेता एवम् पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।
नेकपा एमाले तनहुँको ९औँ व्यासनगरपालिकाको आज दमौलीमा आयोजित उद्घाटन कार्यक्रममा नेता नेपालले विगतमा एमालेले राजनीतिक क्रान्तिको अगुवाइ गरेकोले अब आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अगुवाइ गर्ने बताए ।
एमालेको नेतृत्वमा नै देश अघि बढ्न सक्ने चर्चा गर्दै नेता नेपालले नेपाली जनताले समेत एमालेकै नेतृत्वमाथि आशा गरेको बताए ।
संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै उनले स्थानीय निकायको चुनाव, प्रदेशको चुनाव र केन्द्रीय संसद्को चुनावको प्रक्रिया डेढ वर्षभित्र सम्पन्न हुने उनले दाबी गरे । उक्त अधिवेशन असार ३ र ४ गतेसम्म हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण