ओरलाण्डो हत्याकाण्डका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभका लागि दिप प्रज्वलन
काठमाडौं –नेपालका समलिंगी तेस्रोलिंगीहरुले अमेरिकाको ओरलाण्डो हत्याकाण्डका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । नीलहिरा समाजले बसन्तपुर डबली पुगेर ओरलाण्डो घटनामा मृत्यु भएकाहरुको आत्माको शान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको हो ।
नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस्ता खालका घटना दोहोरिन नदिनका लागि विश्व सामू तत्काल भरपर्दो कदम चाल्न अपिल गरिन् । अध्यक्ष गुरुङले संसारका निश्चित कुनै एउटा कुनामा मात्र भएको प्रगतिप्रति आफूहरु खुसी नहुने बताउँदै विश्वका हरेक कुनामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रगति भएको हेर्न र सुन्न चाहने बताइन् ।
उनले भनिन्, ‘नेपालका समलिंगी तेस्रोलिंगीहरु अधिकारका लागि ऐक्यबद्धता जाहेर गर्दछ ।’
कार्यकारी निर्देशक मनिषा ढकालले यस्ता घट्नामा गरिने शान्तिपूर्ण विरोधले नै विश्वभरिको ऐक्यबद्धता जुट्न सक्ने र भोलिका दिनमा त्यस्ता घटना नदोहोर्याउन विश्व समुदायलाई प्रेरणा प्राप्त हुने बताइन् ।
अमेरिकाको फ्लोरिडा राज्यको ओरलाण्डोस्थित समलिंगी रात्री क्लबमा आइतवार राती भएको घटनामा परी ४९ जना समलिंगीको मृत्यु भएको घटनाको विश्वभरका अधिकारकर्मीले भत्र्सना गरिरहेका छन् ।
केही महिनाअघि मात्रै बंगलादेशमा दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या भएको थियो । त्यस लगत्तै अमेरिका जस्तो विकसित मुलुकमा समलिंगीमाथि जघन्य घटना हुनुले विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको ध्यानाकर्षण भएको नीलहिरा समाजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण