तीन महिला धरौटीमा रिहा
बैतडी - जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका तीन महिला आज धरौटीमा रिहा भएका छन् । तेह्र दिनको प्रहरी हिरासतपछि आज स्थानीय प्रशासनले जनही रु १० हजार धरौटी लिएर उनीहरुलाई रिहा गरेको हो । एम्बुलेन्सका विषयलाई लिएर गत जेठ २३ गते डा. अवस्थीलाई अस्पतालमै कालोमोसो दलिएको थियो । दशरथचन्द नगरपालिका–१ बाडीलेकका पार्वती भुल, गङ्गा भुल र राधा भुल हिरासतमा थिए । उक्त घटनामा संलग्न भनिएकामध्येका रमेश कोली अझै प्रहरीले फेला पार्न नसकेको प्रजिअ किशोरकुमार चौधरीले बताउनुभयो । जेठ २२ गते दशरथचन्द नगरपालिका १ की गर्भवती हीरा भुल जिल्ला अस्पताल आएकी र अस्पतालबाट सिफारिस गर्नुपर्दा निःशुल्क एम्बुलेन्स नदिइएको आरोपमा कार्यालयमै स्थानीय महिलाले जेठ २३ गते डा अवस्थीमाथि दुव्यर्वहार गर्दै कालोमोसो दलेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण