इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि : राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल आवश्यक
काठमाडौँ- रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिनुभयो । परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ । यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् । यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था यस पटक गरिएको छ । सक्कल कागजातबिना परीक्षामा समावेश नगराइने निर्देशक बास्तोलाले बताउनुभयो । आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरु सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षा मार्फत कोरिया गएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण