एमालेमा प्रदेश कमिटी बन्दै
काठमाडौँ– नेकपा एमालेले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।
आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय सङ्गठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।
प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बुझिएको छ ।
यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटी मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण