कांग्रेस सधै निर्वाचनकोे पक्षमा छः नेता खाँड
भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले नआफ्नो पाटी सधैं स्थानीय निर्वाचनको पक्षमा रहेको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति भक्तपुरले शनिबार आयोजना गरेको ‘वर्तमान संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भने ‘स्थानीय निकायको चुनाव चाडै होस् भन्ने हाम्रो पनि चाहाना हो ।’ स्थानीय निकायको निर्वाचन अगाडि संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले त्यसका लागि काँग्रेसको सहमति आवश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि संघर्ष गर्ने बेला आएको र त्यसका लागि काँग्रेसका भातृ संगठनलाई तयार भएर बस्न खाँडले निर्देशन दिएका छन् । तरुण दल, नेविसंघ लगायत भातृ संगठनको वर्तमान कार्यसमितिले अधिवेशन गर्न नसके र सभापति देउवाले भंग पनि नगरे पदाधिकारीले राजिनामा दिएर मार्ग प्रंशस्त गर्नुपर्ने औंल्याए । ‘काँग्रेस सहमति र चुनावको पक्षमा रहेको छ र चुनावबाट काँग्रेस भाग्ने कुरै आउँदैन, स्थानीय चुनाव भए काँग्रेसले जित्ने पक्का छ,’ नेता खाँडले भने । उनले सहमति र सहकार्यमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओली भने सोका बाधक रहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण