बौद्ध शान्ति फाउन्डेसनको अध्यक्षमा रेग्मी
आइतबार, ०५ असार २०७३, १६ : १९
काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध दर्शन तथा साहित्यलाई प्रवद्र्धन गर्दै विश्व शान्ति कायम गर्ने उद्देश्यले इन्जिनियर सन्ध्या रेग्मीको अध्यक्षतामा ‘बौद्ध शान्ति फाउन्डेसन’ स्थापना गरिएको छ ।
उक्त फाउन्डेसनको उपाध्यक्षमा अरुण कोइराला, भिक्षु उत्तम र भिक्षु विमल छन् भने महासचिवमा डा सञ्जयकुमार श्रेष्ठ रहेका छन् । सचिवमा संजोगदेव र कोषाध्यक्षमा सह–प्राध्यापक सुजातादेव छन् । संस्थाको सदस्यमा सम्पत घिमिरे, वामदेव शर्मा, सरोज लामिछाने र आस्था राज्यलक्ष्मी कार्की छन् ।
संस्थाका अध्यक्ष रेग्मीले बौद्ध शिक्षा मानव कल्याणका लागि उपयोगी रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा त्यस आसपास क्षेत्रको महत्वका बारेमा विश्वमा सन्देश फैलाउने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण