रोजगार सूचना केन्द्र पुनःस्थापनाको माग
आइतबार, ०५ असार २०७३, १६ : ५०
काठमाडौँ- सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले जिल्ला प्रशासन कार्यलय धादिङको परिसरमा स्थापित सुरक्षित वैदेशिक रोजगार सूचना केन्द्र बन्द भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्जालका महासचिव अशोक रानाले आज विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा जाने नेपाली कामदारले पाउने सूचनाको हक सुनिश्चित् गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको उक्त सूचना केन्द्र कुनै पनि बहानामा बन्द नगर्न आग्रह गर्नुभएको छ । उक्त सूचना केन्द्र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको आफ्नै परियोजनामार्फत सञ्चालन भएको र जिप्रका धादिङले समेत सूचना केन्द्र स्थापना गरी आवश्यक सूचना तथा परामर्श कार्य गर्नका लागि अनुमति दिएको सञ्जालले जनाएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारलाई राहदानीको फारम भर्न सहयोग गर्ने, परामर्श दिने र गन्तव्य मुलुकमा समस्यामा परेका प्रवासी कामदार र उनीहरुका परिवारलाई समेत आवश्यक सहयोग र सूचना प्रदान गर्ने उद्देश्यका साथ सो केन्द्र स्थापना भएको थियो । प्रत्यक्ष सेवा पाइरहेको सन्दर्भमा कुनै विकल्प बिना नै सूचना केन्द्र बन्द गरिनुले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको सूचना पाउने हक खोसिएकाले यसको यथाशीघ्र सञ्चालन गर्नका लागि सञ्जालले नेपाल सरकार तथा सम्बन्धित निकायसित माग गरेको छ । सञ्जालमा वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशील १९ सङ्घ संस्था आवद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण