भेरी नदीमा बस खस्दा मृत्यु
आइतबार, ०५ असार २०७३, १७ : ०२
वीरेन्द्रनगर - सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ । बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको उक्त ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो । दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो । उनको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण