गाबिस सचिबहरु मासिक आठ दिन मात्र कार्यलयमा !
ओखलढुंगा – ओखलढुंगा जिल्लामा गाबिस सचिबहरु महिनामा आठ दिन मात्र कार्यलयमा बस्ने गरेको पाईएको छ । स्थानिय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई ओखलढुंगाले हालै मात्र सार्बजनिक गरेको सुशासनको अवस्था बिषयक प्रतिबेदनमा यस्तो पाईएको हो । परियोजनाले आर्थिक बर्ष २०७१÷०७२ को अवधिमा अनुसन्धान तथा अनुगमन गर्दा गाबिस सचिबहरु औषतमा महिनामा आठ दिन मात्र कार्यलयमा बस्ने गरेको पाईको थियो । उनीहरु महिनामा २२ दिन कार्यलय भन्दा बाहिरै रहने गरेको प्रतिबेदनमा उल्लेख छ । केहि गाबिसका गाबिस सचिबहरु त गाँउ स्तरको अधिबेशनका समयमा मात्र गाँउमा जाने गरेको पाईएको सर्बसाधरणहरुको भनाई छ । जसका कारण अत्यावस्यक सेवाका लाागी कार्यलयमा पुग्ने सर्बसाधारणहरु सचिब नभेटिदा समस्यामा पर्ने गरेको उनिहरुको भनाई छ । सचिबहरु सदरमुकाम तथा सुगम स्थलमा बढि भेटिने भएकाले दुर्गम गाबिसहरु सचिब बिहिन बनेको प्रतिबेदनमा उल्लेख छ । तर गाबिस सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष ईश्वर ढुंगानाले भने एसएएलजिपीले सार्बजनीक गरेको तथ्याङक तथ्यहिन भएको र सबै गाबिस सचिबहरु गाँउमै बसेको दाबी गरे । हाल ओखलढुंगामा १ नगरपालीका सहित ५० ओटा गाबिसहरु रहेको भएपनि गासिब सचिबहरुको संख्या ३४ मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण