ओखलढुंगाको रानीबनमा खोरेत रोगको माहामारी
आइतबार, ०५ असार २०७३, १७ : ३२
ओखलढुंगा – ओखलढुंगाको रानिबन गाविसमा खोरेत रोगको माहामारी फैलिएको छ ।
रानिबन गाबिस वडा नः९ र ४ का कृषकहरुको पशुबस्तुमा खोरेत रोगको प्रकोप फैलिएको हो ।
रोगका कारण रानिबन गाबिसको वडा नम्बर ९ मा मात्रै झन्डै २० घर कृषकका पशुबस्तु बिरामी परेका छन् । त्यस्तै गाबिसकै वडा नम्बर ४ मा पनि केहि पशुबस्तुमा रोग देखा परेको जिल्ला पशु सेवा कार्यलय ओखलढुंगाले जनाएको छ ।
यता जिल्लाको फुलबारी गाबिसको वडा नम्बर २ मा पनि उक्त रोग देखा परेको छ । रोगका कारण अहिले सम्म गाई,गोरु, भैसी, बाख्रा लगायत गरी झन्डै ६० ओटा पशुबस्तु बिरामी परेको संबन्धित क्षेत्रका कृषकहरुले बताएका छन् ।
रोगको उपचारका लागि जिल्ला पशु सेवा कार्यलयबाट भ्याक्सिन सहितको उपचारको टोली तत्काल उक्त स्थानमा पुगेको कार्यलयले जनाएको छ ।
माहामारी फैलिएको स्थानमा आईतबार मात्र २ सय डोज भ्याक्सिन लगाईएको रानिबन पुगेका पशु भेटेनरी डक्टर ईन्द्र गिरीले जानकारी दिए । रोग फैलन नदिन सो स्थानबाट पशुबस्तु ओसारपसारमा रोक लगाईएको उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण