बाबुले २ छोरालाई कुट्दा कान्छाको मृत्यु, जेठो अस्पतालमा
सोमबार, ०६ असार २०७३, १० : २९
लहान–बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कविर प्रधानले जानकारी दिए ।
गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उनका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उनका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरी निरीक्षक प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण