अर्घाखाँचीे सिमेन्टको ‘अ इयर अफ सक्सेस’ कार्यक्रम
काठमाडौं–अर्घाखाँची सिमेन्टले आफ्नो सफल उत्सव बर्ष मनाएको छ । छोटो अवधिमा नै ठूलो सफलता हात पारेको भन्दै शुक्रबार ‘अ इयर अफ सक्सेस’ कार्यक्रम गरेको छ । अर्घाखाँची सिमेन्टका प्रमोटर ग्रुप, डिलर, ईन्जिनियरहरु, कन्ट्रयाक्टर लगायत अन्य सरकारी निकायका व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको बताए । थोरै समयमा नै आफ्नो गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जित्दै अपुरणीय सफल प्राप्त गरेको र देशकै नंबर एक सिमेन्ट बन्ने यात्रामा शिखर तर्फ लम्कँदै गरेको उनले वताए । कम्पनीले आगामी दिनमा प्रति दिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको र कम्पनीको यो लक्ष्य (१.५) डेढ वर्ष भित्र पुरा गर्ने संकल्प गरेको उनको भनाइ छ । कार्यक्रममा अर्घाखाँची सिमेन्टका व्राण्ड एम्वेस्ट चर्चित कलाकार सुनिल थापा समेतको उपस्थिती रहेको थियो । अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओ.पि.सि.सिमेन्ट उत्पादन गर्ने नेपालका ठूला कम्पनीहरु मध्ये एक हो । भैरहवाको मैनहीया गाविसमा अवस्थित यो सिमेन्ट उद्योग आफ्नै चुनढुङ्गा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओ.पि.सि. सिमेन्ट कम्पनी हो । उच्चस्तरिय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको र हाल कम्पनीले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट (२४ हजार बोरा) उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । यस कम्पनीमा सिमेन्ट उत्पादनको क्षेत्रमा विगत लामो समय देखि अनुभव हासिल गरेका सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) उद्योगका जस्ता अनुभवी र प्रख्यात व्यावसायीक घरानाहरुको संलग्नता रहेको छ । सो सिमेन्टको रुपन्देहीको मैनहीयामा उद्योग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण