बेलायतको भाग्यको फैसला आज : युरोपेली युनियनमा रहने/नरहने बारे जनमतसंग्रह हुँदै
लण्डन – युरोपेली युनियनको सदस्यका रुपमा रहने वा नरहने विषयमा बेलायतमा ऐतिहासिक जनमतसंग्रह शुरु भएको छ । करिब ४,६४,९९,५३७ जनसंख्याले यस जनमतसंग्रहमा भाग लिने अनुमान गरिएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान राती १० बजे बन्द हुनेछ ।
बेलायतको इतिहासमा यो तेस्रो राष्ट्रव्यापी जनमत संग्रह हो । करिब चार महिनाको अभियानपछि युरोपेली युनियनमा रहन चाहने र त्यसको विरोधमा रहेकाहरुबीच मतदानबाट फैसला हुनेछ ।
जनमतसंग्रहको मतपत्रमा ‘के बेलायत युरोपेली युनियनको सदस्यको रुपमा कायम रहनुपर्छ या छाड्नुपर्छ ?’ भनेर प्रश्न गरिएको छ ।
खसेको मत मध्ये आधाभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ ।
मतदानपछि सबै ब्यालट बक्सलाई संकलन गरेर मतगणना स्थल लगिने छ । त्यहाँ ३८२ स्थानमा त्यसको गणना गरिनेछ ।
हालसम्म दुवै पक्षबीच झिनो अन्तर रहेको छ । जनमतसंग्रहअघि गरिएको सर्वेक्षणमा छाड्ने पक्षमा ४२ र रहनुपर्नेमा ४८ प्रतिशत जनता रहेको देखाएको छ । तर, ११ प्रतिशतले अझै अनिर्णित रहेको बताएकाले यही मत महत्वपूर्ण हुने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण