बालुवा निकाल्दा सडक भासियो
रामेछाप– रामेछाप जिल्ला रस्नालु गाविसको धारापानीस्थित खिम्ती खोलाको किनारबाट बालुबा निकाल्दा सडक भासिएको छ । रामेछाप जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकाम मन्थली र रामेछाप जिल्लालाई दोलखाको जिरीसँग जोड्ने उक्त सडकमुनी रहेको खिम्ती खोलाको किनारमा बालुवा निकाल्दा करिब ३० मिटर सडक भासिएको हो । सडक भासिएपछि सवारी आवतजावतमा समेत समस्या भएको छ । सो सडक भएर साना ठूला गरि दैनिक ७० भन्दा बढी सवारी साधानहरु आवतजावत गर्दछन् । सो नदि किनाराबाट निकालिएको बालुका गिटी रामेछाको, ठोसे, चुचुरे हुँदै बाम्तीसम्म लैजाने गरिएको स्थानीयले बताएका छन् । जिल्ला विकास समिति रामेछापका प्राविधिक हरिसचन्द बरालले स्थानीयले बालुवा चोरेर बच्चे गरेको बताए । उनले भने–यहाँ बालुवा निकाल्ने अनुमति छैन, यहाँका स्थानीयले अवैध रुपमा बालुवा चोरी गरेर बेचेको पाइएको छ । बालुवा भइरहेको चोरीलाई जिल्ला विकास समितिले नियन्त्रण गर्नुपर्ने प्राविधिक बरालले बताए । बालुवा गिटीमा भइरहेको चोरीलाई नरोक्ने हो भने सडक खोलामा झरी सडक पूर्ण रुपमा अवरुद्ध हुने अवस्थामा छ । सो सडक अवरुद्ध भएमा रामेछापको उत्तरी क्षेत्रका एक दर्जभन्दा बढी गाविस र दोलाखा जिल्लाको चिरी आसपासका बासिन्दाहरु यातायात सेवाबाट प्रभावित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण