धुर्मुस सुन्तलीलाई कुवेतबाट कोसेली समूहको सहयोग
बिहीबार, ०९ असार २०७३, १७ : ४४
काठमाडौं, असार ९–धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समुह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ ।
कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो ।
वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिएका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् ।
कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थिले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् । एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् । दुख गरेर कमाएको पैसा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेकोमा कुवेतबासी नेपालीलाई उनले धन्यवाद दिएका छन् । गिरान्चौरलाई साँच्चीकै नमुना बनाएर देखाउने भन्दै उनले काम अझै तिव्र गतिमा अघि बढीरहेको जानकारी गराएका छन् ।
यसैबीच, तिलगंगा आँखा केन्द्रले पनि गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १५ लाख रुपैँया सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरेर केन्द्रले धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण