वनलेनै निजी र सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजेपछि..
बर्दिबास–वनको जग्गा अरुले अतिक्रमण गरेको हामी सबैले सुनेको र बुझेको कुरा हो । यो कुनै नौलो कुरो होइन । तर महोत्तरीको बर्दिबास नगरपालिका —३ मा सागरनाथ वन विकास परियोजना सर्लाहीले सार्वजनिक जग्गा घेरावेरा गरि आफ्नो बनाउन खोजेपछि स्थानीयले त्यसको प्रतिकार गरेका छन् । प्रतिकार स्वरुप वनले घेराबेरा गर्न गाडेको काठका खाँबाहरु उखलिदिएका छन् ।
व्यक्तिको निजी केही कठ्ठा र स्थानीय निकायको अधिनमा रहेको बर्दिबासको ७ नम्बर प्रति (सार्वजनिक) जग्गा परियोजनाले आफ्नो बनाउन झन्डै तीन सय काठको खाबाँ गाडेर तार बार गर्न वनले काम थालेको थियो ।
स्थानीयले परियोजनालाई सर्वजनिक र व्यक्तिगत जग्गामा घेराबेरा नलगाउन मौखिक रुपमा भनेको थिए । भनाईको वास्ता नगरेपछि परियोजनाले गाडेको तीन सय खबाँ स्थानीयले बिहिबार विहान उखेलेका छन् ।
स्थानिय निकायको अधिनामा रहेको १३ विघा जग्गा मध्य वन विकास परियोजनाले झन्डै ७ विघा जग्गा तारबार गरे आफ्नो बनाउन खोजेको सार्वजनिक जग्गा संरक्षण समिति बर्दिबासका सदस्य बाबुराम अधिकारले बताए ।
यता सागरनाथ वन विकास परियोजनाका साहेक वन अधिकृत राअयोधि महतोले पहिला रुख भएको र काटेपछि पलाएको टुठा वरिपरी नै तारवार भएको बताएका छन् । छलफलबाट समस्यको समाधान निकालिने स्थानिय र वन विकास परियोजना बीच भद्रसहमति भएको श्रोतले जनाएको छ ।
बर्दिबासमा जग्गाको भाउ अकाशिएकोले बर्दिबासका बासिन्दाहरु यहाँ रहेको सावजनिक जग्गाहरु खोजेर संरक्षण गरे सर्वजनिक महत्वका योजनाहरु अगाडी बढाउने योजनामा रहेको स्थानीय अरुण झाले बताए ।
यस जग्गामा बालबाटिका पार्क, रंगशाला, मेडिकल कलेज, जस्ता योजनाहरु अघि बढाउन चाहिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण