बेलायतमा जनमतसंग्रह : युरोपेली युनियन 'छाड्नुपर्छ' भन्नेहरुको झिनो अग्रता
शुक्रबार, १० असार २०७३, ०९ : ४०
लण्डन – युरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा बेलायतमा भइरहेको जनमत संग्रहमा मतले झिनो अग्रता बनाएका छन् ।
शुरुवातमा रहनुपर्छ भन्नेहरुले राम्रो अग्रता बनाइरहेका थिए । तर, बेलायतको स्थनीय समयअनुसार बिहान ३ बजेर ४५ मिनेटसम्मको मतगणनामा भने छाड्नुपर्छ भन्नेहरु करिब ५ लाख भोटले अघि बढेका छन् ।
छाड्नुपर्छ भन्नेहरुले अग्रता बनाएसँगै पाउण्ड र सेयर बजार गिर्दो अवस्थामा रहेको छ ।
लण्डनसँगै स्कटल्याण्ड र उत्तरी आयरल्याण्डले रहनुपर्छ भन्नेमा धेरै मत जाहेर गरेको देखिएको छ । उता, वेल्सले भने छाड्नुपर्छ भन्नेमा मत जाहेर गरेको पाइएको छ । त्यहाँबाट ५४.७ प्रतिशत छाड्नुपर्ने पक्षमा रहेका छन् ।
जितका लागि १,६८,१३,००० मत आवश्यक रहेको बताइएको छ । निर्वाचन आयुक्त जेनी वाटसनले सबै ३८२ स्थानको मतगणनापछि विजेता घोषणा गरिने बताइएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
-
सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण