युवक सङ्गठनका अध्यक्षमा पुनः रिमाल
शुक्रबार, १० असार २०७३, २३ : १३
काठमाडौँ, असार १० – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको तेस्रो महाधिवेशनले सङ्गठनका अध्यक्षमा प्रकाश रिमाललाई पुनःनिर्वाचित गरेको छ ।
बिहीबारदेखि आजसम्म यहाँ चलेको महाधिवेशनले रिमालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । चार वर्षको कार्यकाल रहने उक्त कार्यसमितिले ४५ सदस्य मनोनयन गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष रिमालले मुलुकमा रहेका युवाको समस्यालाई उठाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको सैद्धान्तिक मान्यतालाई युवाबीच लैजाने र सङ्गठन सुदृढीकरणमा भूमिका निर्वाह गर्ने बताउनुभयो । महाधिवेशनले युवा जनशक्तिलाई विदेश जानबाट रोक्नका लागि मुलुकमा उद्योगधन्दा खोल्न सरकारसँग माग गरिएको छ ।
धर्म परिवर्तन गराउने प्रेरित गर्ने संस्थालाई खोजी गरी दर्ता खारेज गर्न सरकारलाई बैठकले आग्रह गरेको छ । हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो सम्पत्ति भन्ने मान्यतालाई स्थापित गर्न विद्यालयदेखि नै अनिवार्य संस्कृत र नैतिक शिक्षाको अध्ययन तथा अध्यापन गराउन सुझाव दिइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण