यी महिलाको पछाडि लाग्यो सर्प , एक महिनामा पाँच पटक टोक्यो
उत्तराखण्ड– भारतको उत्तराखण्ड प्रदेशमा एउटा गजवको घटना बाहिर आएको छ । प्रदेशको पौडी जिल्लाको डेवडाली गाउँमा एउटा सर्प एक महिलाको पछि परेको छ । सर्पले ती महिलालाई अहिलेसम्म पाँच पटक टोकेको छ । तर, महिलालाई केही भएको छैन । गाउँलेहरु यसलाई चमत्कार भन्दा केही मानेका छैनन् ।
गाँउलेका अनुसार केही महिना अगाडि गाउँकी २९ बर्षकी संगीता आफ्ना ससुरासँग गौशला गएकी थिइन् । त्यहाँ उनले एउटा सर्प देखिन । संगीताका ससुराले त्यो सर्पलाई मारे । यसपछि अचम्म यो भयो कि जव संगीता एक्लै हुन्छिन्, त्यसबेला सर्प संगीताका पछाडि आउँछ । संगीताका अनुसार जव उनी घर बाहिर काममा निस्कनछिन्, तव सर्प पछि पछि आउँछ । अहिलेसम्म त्यो सर्पले संगीतालाई पाँच पटक टोकेको छ । संगीतलाई उनका परिवारले अस्पताल लैजान्छन् र बचाउँछन् ।
एक महिनामा एक महिलालाई पाँच पटक सर्पले टोकेपछि गाउँलेहरु अचम्ममा परेका छन् । सर्प यसरी पछाडि लागेपछि संगीताका परिवारका अन्य सदस्य पनि चिन्तित र भयभीत छन् । उनीहरु अहिले तन्त्र–मन्त्रमा विश्वास गर्न थालेका छन् । घटनाको पुनरावृति नहोस भनेर गाउँलेहरुले गाउँ नजिकै भगवान शिलको मन्दिर बनाएका छन् । तर, पनि संगीताको पछाडि पर्न सर्पले छाडेको छैन । संगीताको घर नजिकै रहेको एउटा मन्दिरमा सर्प बेला बेला देखिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण