सर्बेन्द्र खनाल अमेरिका आउने
वाशिंगटन डिसी–नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा तथा नेपाल प्रहरीका चर्चित वरिस्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको लस एन्जेलसमा आउने भएका छन् l
आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने पक्का भएको उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l
नेपलीज अमेरिकन सम्मेलनको कार्यक्रमको लागि ओबामा कि सल्लाहकार समितिकी सदस्य संजिता प्रधान तथा विश्व बैंकको अन्तर राष्ट्रिय व्यापार ईकाईमा काम गरि सकेका वरिष्ट अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् l
सम्मेलनमा संगोष्ठी (फोरम )कार्यक्रम संचालन हुने भएकोले बिबिध क्षेत्रका व्यक्तिहरु मध्ये ४ जनालाई छनौट गरिएको आयोजकले बताएका छन् l
प्रथम पटक आयोजन हुने र बिशेष त युवाहरुको नेतृत्वमा संचालित हुने ३ दिन सम्म चल्ने सम्मेलनको लागि बिशिस्ट व्यक्तिहरु सहभागिता हुने छन् l
नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण