सप्तरीमा बाढीले बेहाल, १३० घर डुवानमा
शनिबार, ११ असार २०७३, १६ : ४६
राजविराज–पाँच दिनदेखिको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले शनिवार १ सय ३० घर डुवानमा परेका छन् । बाढिले सकपुरा गाविस वडा नम्बर ६ र ७ का एक सय ३० घर डुवानमा परेका हुन् ।
सकरपुरा गाविस–६ स्थित खाडोको बाँध कटान गरेर गाउँमा बाढि पसेपछि उक्त वडाका घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ । बाँध कटान गरेर बाढिले करिब ५ विघा खेती योग्य जमिनसमेत कटान गरेको हो । उक्त बाढीले तिलाठी–हनुमाननगर सडक पनि २ किलोमिटर कटान गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बाढीबाट पीडित भएकाहरुको लागि राहत, उद्दार र बाँध मर्मतका कार्यका लागि प्रहरी निरीक्षको कमाण्डमा १५ जना, तिलाठी प्रहरी चौकीबाट प्रहरी हबलदारको कमाण्डमा ५ जना तथा तिलाठीस्थित बोर्डर आउट पोष्टवाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली घटना स्थलमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण