राष्ट्रपतिको भारत भ्रमण छिट्टै हुन्छः भारतीय राजदूत
अर्घाखाची– नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन् ।
उनले राष्ट्रपतिको भारत भ्रमणको विषयमा कुटनीतिक पहल भइरहेकाले छिट्टै दुबै देशका राष्ट्रपति भ्रमणको मिति तय गर्ने बताए ।
रिपोटर्स क्लब अर्घाखाची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रेले नेपाल र भारतजस्तो भौगोलिक,समाजिक र धार्मिक सम्बन्ध अरु कुनै मुलुकसँग नभएको भन्दै नेपालको शान्ति,स्थिरता र विकासमा भारत सधै सकारात्मक रहेको स्पष्ट पारे ।
केही दिनमा हुन लागेको नेपाल भारत बीचको उच्च स्तरीय बैठकले सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने राजदुत रे को विश्वास थियो ।
तराई आन्दोलनलाई लक्षित गर्दै राजदुत रेले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुदा त्यसप्रति भारतको चासो हुनु स्वभाबिक रहेको जिकिर गर्दै तराई आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।
नेपालमा जलबिद्युत,पर्यटन र कृषिमा धेरै सम्भावना रहेकोले ती क्षेत्रहरुको बिकासमा भारत सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै भारतले नेपालको शिक्षा र स्वास्थ्यलाई बढि प्राथमिकता दिइएको भएतापनि आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको स्पष्ट पारे । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको बताउँदै पाणीनी बहुमुखी क्याम्पसको बिकास,जिल्लाको खानेपानी,सिंचाइ र भुतपुर्व भारतीय पेन्सनर हरुको लागी पेन्सन क्याम्प स्थापनाका लागी आफुले पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण