गिरान्चौर बस्ती बनाउने धुर्मुस सुन्तलीको सपना पूरा हुँदै, तिलगंगा आँखा प्रतिष्ठानले गर्यो १५ लाख सहयोग
काठमाडौं–गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताए ।
धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य छन् भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार छन् । प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्तगर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालको तर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताए । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण