५ सय घट्दै सुनको भाउ ५८ हजार ५ सय
आइतबार, १२ असार २०७३, १२ : १३
काठमाडौ–अन्तरार्राष्ट्रिय बजारमा भएको सुनको मुल्य वृद्धिसँगै नेपाली बजारमा पनि एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको भाउ आइतवार भने प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुन प्रतितोला ५८ हजार ५ सय र तेजावी सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । यस्तै, चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भएको जनाइएको छ । वेलायत (इयु) वाट वाहिरिने भएसँगै अमेरिकी डलर शक्तिशाली भएपछि सुनमा लगानीकर्ता आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको थियो । सोही कारण शुक्रवार एकैदिन नेपाली वजारमा पनि सुनको भाउ प्रतितोला ३ हजार बढेर ५९ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारकै प्रभावले नेपाली बजारमा अप्रत्यासित ढंगले भाउ बढेपछि कारोवार समेत बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण