प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्न पाएनन्
काठमाडौँ– प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख वितरणसम्बन्धी सरकारी लिखित प्रतिबद्धताको माग दोहो-याएको छ ।
ती जनतालाई आवास निर्माणका वार्षिक दुई प्रतिशत ब्याजदरमा रु १५ र रु २५ लाख वितरण गर्न पनि उसले सरकारसित आग्रह गरेको छ । यी दुवै निर्णय आफ्नो सरकारको पालामा भएको काँग्रेसले जिकिर गरेको छ । यही माग राख्दै दलले व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्दैआएको छ । । सदनको आजको बैठक पनि सुरु हुनेबित्तिकै काँग्रेसका अर्जुननरसिंह केसीले सरकारले भूकम्पपीडित जनताको कष्टप्रद जीवनमाथि खेलबाड गरेको आरोप लगाए । उनले भूकम्प गएको १४ महिना बिति सक्दा पनि भूकम्पपीडित त्रिपालमुनि त्रासदीपूर्ण रुपमा दैनिकी गुजारा गरिरहेको प्रति सरकार संवेदनशील बन्न नसकेको आरोप लगाउँदै सरकार यस्ता जनतालाई राहत होइन, आहत दिन लागिपरेको बताए ।
भूकम्पपीडितलाई राहत दिन राज्यको ढुकुटी गैह्रसरकारी संस्थालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वितरण गरेको आरोप पनि नेता केसीले बताए । सोही दलका मोहनबहादुर बस्नेतले एकमुष्ट, बिनाझन्झट दुई लाख घर निर्माण गर्न रु ३० लाख भूकम्पपीडितले माग गर्दा सरकार किन नसुनेको जस्तो गरिरहेको छ भन्ने प्रश्न गर्दै सरकारको नियत भूकम्पपीडितमाथि राजनीति गर्ने देखिएको बताए ।
उनले दुई वर्षात्को समय जान लागिसक्यो, पीडित जनताले कति खुला आकाशमुनि बिताउने भन्ने प्रश्न गर्दै छिटो एकमुष्ट रु दुई लाख वितरण गर्न सरकारसित माग गरे ।
सो दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले भूकम्पपीडित जनतालाई घर बनाउन एकमुष्ट रुपमा रु दुई लाख दिने सरकारी प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने बताए ।
यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दलले उठान गरेको मागलाई सम्बोधन र हालै अफगानिस्तानको राजधानी काबुलमा नेपालीमाथि भएको घटना तथा यसमा सरकारको गरेका कामका बारेमा सदनलाई जानकारी दिन उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण