३९ गाविसमा अनुदान सम्झौता सम्पन्न
आइतबार, १२ असार २०७३, १४ : ४२
गोरखा – गोरखाको ३९ गाविस र एक नगरपालिकामा निजी आवास निर्माणका लागि अनुदान सम्झौता सकिएको छ । बाँकी २१ गाविस र एक नगरपालिकामा पनि छिट्टै अनुदान सम्झौता गरिने पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले जनाएको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु बारपाक, हंशपुर र सौरपानीलगायत गाविसका लाभग्राहीको खातामा पहिलो किस्ता अनुसार रु ५० हजार हालिइसकिएको छ । हंशपुरमा राष्ट्रिय वाणिज्य बैँक भच्चेक शाखाबाट ७६५ जनालाई तथा बारपाकमा मनास्लु विकास बैंकमार्फत करिब एक हजार जनालाई अनुदान रकम बितरण गरिएको हो ।
अनुदान रकम वितरणसँगै जिल्लास्थित भवन तथा आवास डिभिजन कार्यालयले खटाएका इन्जिनियर र प्रविधिज्ञ गाउँ÷गाउँमा पुगिसकेका छन् । अनुदान रकम लिइसकेका लाभग्राहीले बर्खा लागेको भन्दै घर निर्माणको काम गरेका छैनन् । किस्ताबन्दीमा रकम दिँदा निर्माण सामग्रीको ढुवानीमा समस्या भएको लाभग्राहीको गुनासो छ ।
उत्तरी भेगका गाविसमा पनि लाभग्राहीसँग अनुदान सम्झौता गरिएको चुम्चेत गाविसका सचिव दीपक गुरुङले बताए । सरकारले दिने रु दुई लाखले दुर्गममा भूकम्पप्रतिरोधी घर निर्माण गर्न नसकिने दुर्गमका जनताले बताउँदै आएका छन् ।
सहुलियत ब्याजमा ऋण उपलब्ध गराइदिए ऋण र अनुदान रकमले घर निर्माण गर्ने स्थानीयवासीको सोच छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण