हर्जाडको उत्कृष्ट प्रदर्शनको मद्दतले बेल्जियम अन्तिम आठमा
पेरिस - एडिन हर्जाडको उत्कृष्ट एक्लो गोलको गरेपछि बेल्जियमले हंगेरीमाथि ४—० को सहज जित निकाल्दै युरो २०१६ को अन्तिम ८ मा प्रवेश गरेको छ ।
चेल्सीका विंगरले आइतबार रातीको खेलमा उत्कृष्ट प्रदर्शन गरे । आफ्नो गोलका लागि दुई वटा हंगेरीका खेलाडीलाई छलाउँदै बल जाली चुमाए ।
यद्यपि, खेलमा बेल्जियमले अग्रता भने टोटनहमका टोबी आल्डरवियल्र्डको गोलबाट लिएको थियो । खेलको दोस्रो हाफमा मिचु बात्सुयीले अग्रता दोब्बर बनाए । त्यसको एक मिनेटपछि नै हजार्डले अर्को गोल थपे भने खेलको इन्जुरी समयमा यानिक कारास्कोले गोल गर्दै बेल्जियमलाई सहज जित दिलाए ।
प्रतियोगिताको दाबेदार मानिएको बेल्जियम सन् २०१४ विश्वकपमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । सन् १९८० मा युरो कपको फाइनलमा पुगेको टोली पछि कै सशक्त मानिएको अहिलेको टोलीसँग आफूलाई ठूला प्रतियोगितामा साबित गर्न अहिले सुवर्ण अवसर रहेको छ ।
हिजोको खेलमा बेल्जियमले २५ पटक विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।
बेल्जियमले अब शुक्रबार वेल्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण