भाग्यमानी पोर्चुगल चौंथो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा
पेरिस - पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल युरो २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्ला पाँच प्रतियोगितामा पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको यो चौंथो पटक हो ।
जाकुब ब्लाजेकोवोस्कीको प्रहार पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोले रोकेपछि रिकार्डो क्वारेजमाले विजयी गोल गरे । पोर्चुगल ५—३ ले विजयी बन्न पुग्यो ।
यसअघि निर्धारित समयको खेलमा भने अग्रता पोल्याण्डले पहिलो लिएको थियो । रोबार्ट लेवान्डोस्कीले पोल्याण्डलाई दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।अब पोर्चुगलले वेल्स र बेल्जिमको विजेतासँग सेमिफाइनलमा भिड्ने छ ।
रोचक कुरा, यस पटक निर्धारित ९० मिनेटमा कुनै पनि खेल नजती पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीन खेलमा बराबरी खेलेको पोर्चुगलले अन्तिम १६ मा क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो ।
यसरी निर्धारित ९० मिनेटमा कुनै पनि खेल नजती कुनै टोली प्रतियोगिताको यति टाढा पुगेको पहिलो अवसर हो ।
त्यस्तै पोर्चुगलले यस प्रतियोगितामा जम्मा २२ मिनेट गोलको अग्रता बनाएको छ भने उता एक पटकपछि पछि नपरेको पोल्याण्ड बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण