बागलुङमा व्यावसायिक चियाखेती सुरु
आइतबार, १९ असार २०७३, १७ : ३९
बागलुङ-जिल्लामा चियाखेती सुरु गरिएको छ ।
‘गोल्डेन टि स्टेट’ प्रालिले अमरभूमि–९ सिरबारेमा चियाको व्यावसायिक खेती सुरु गरेको हो । पहिलो चरणमा ५०० रोपनी क्षेत्रफलमा ५० हजार चियाका बिरुवा रोपिएको प्रालिका सञ्चालक इन्द्रलाल सापकोटाले जानकारी दिए । जग्गा व्यवस्थापन गरेर तीन हजार हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।
माटो परीक्षण र सम्भाव्यता अध्ययनपछि चियाखेती सुरु गरिएको हो । सञ्चालक सापकोटाले राष्ट्रिय उत्पादन र आर्थिक समृद्धिमा टेवा पु¥याउन चियाखेती सुरु गरिएको बताए । वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल चियाखेतीका लागि बागलुङ सम्भावनायुक्त ठाउँ रहेको बताउँछन् । “चियाको सम्भाव्यताबारे परीक्षण गरिरहेका छौँ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण