‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’
जाजरकोट– “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने – “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र रु” वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ । रामबहादुरका बाबु कलेले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गरेका छन् । जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौँ म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो ।
सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले । घर खर्च चलाउनलाई श्रीमतीका नाममा पैसा पठाएर गएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो ।
कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ । रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली रु ५० हजार पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदनसम्म नदिएको बाबु कलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण