महानगरपालिकाको निर्णय नयाँ शक्तिद्वारा विरोध
मङ्गलबार, २१ असार २०७३, १४ : २८
काठमाडौं– काठमाडौं महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको बृद्धिको नयाँ शक्ति नेपाल काठमाडौं महानगरपालिका परिषद्ले विरोध गरेको छ । महानगर परिषद्का संयोजक शोभा बज्राचार्यले एक विज्ञप्ती जारी गर्दै महानगरबासी भूकम्प र नाकाबन्दीले आक्रान्त भएको अवस्थामा पुनः शुल्क बृद्धि गरिनु आपत्तीजनक भएको उल्लेख गरेकी छन् । विज्ञप्तीमा राजश्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन नगरिएको भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ । यस्तै स्थानीय निकाय जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलले सञ्चालन गर्ने निकाय भएको भन्दै विज्ञप्तीमा जनताको जनजीविकासँग सरोकार राख्ने विषयमा नयाँ शक्तिसहितको राजनीतिक दलको सहमतिमा निर्णय लिनु पर्ने माग समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण