२ दिनकी शिशु बेवारिसे अवस्थामा जिउँदै भेटिएपछि...
मङ्गलबार, २१ असार २०७३, १७ : ४१
वीरगंज–हेर्दै लोभलाग्दो सुन्दर करिब २ दिनकी नवजात शिशु जनकपुर उपमहानगरपालिका–१४ स्थित पिडारी चोकको पछयारिया टोलमा फालिएको बेवारिसे अवस्थामा फेला परेको छ । रेल्वे लिकको उत्तरतर्फ १०० मिटर खाली चौरमा शिशु भेटिएको हो ।
जन्म भएको दुई दिनको जस्तो देखिने शिशु बेवारिसे तवरबाट फालिएको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि ईलाका प्रहरी कार्यालय मुझेलिया जनकपुरमा खबर गरेका थिए ।
प्रहरी टोलीले तत्काल उद्दार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि राखिएको छ । उक्त शिशु कसको हो भन्ने कुरा खुलेको छैन । बालिका के कसरी फालिएको हो त्यस सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण