ज्ञानेन्द्रलाई शुभकामना दिन निर्मल निवास पुगे ओली सरकारका उपप्रधानमन्त्री
बिहीबार, २३ असार २०७३, १२ : ०६
काठमाडौं– केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना दिन बिहिबार बिहान निर्मल निवास पुगेका छन् ।
थापा बिहान निर्मल निवासमा पुगि शाहलाई शुभकामना दिएर फर्किएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत थापाले वकालत गर्दै आएका छन् । तर पछिल्लो समय उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिँदै हिन्दुराष्ट्रको मुद्दालाई मात्रै सशक्त रुपमा उठाउँदै आएका थिए । यसरी उनले राजतन्त्रको मुद्दालाई कम महत्व दिनु ज्ञानेन्द्रसँग सम्बन्ध बिग्रिएको भनि टिप्पणी हुँदै आएको थियो ।
पूर्वराजा शाहको बिहिबार ७० औं जन्मोत्सव हो । उनलाई शुभकामना दिन बिहानैदेखि राजावादीहरुको निर्वाल निवासमा भीड लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ ३० दिनसम्म दैनिक ओखर खाँदा ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पुरुषमा यो हो हार्ट अट्याकको पहिलो लक्षण
-
के एमबाप्पेको पेनाल्टी शैलीमै समस्या आएको हो ?
-
मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण