धारिलो हतियारको प्रहारबाट हत्या
बिहीबार, २३ असार २०७३, १२ : ५९
दाङ– दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ ।
दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । रिहारमा किराना पसल गर्दै आएकी चौधरी सोही घरमा डेरा बस्दै आएकी थिइन् । उनको गएराति हत्या भएको प्रहरीले बताएको छ ।
चौधरीको शव नजिकै एउटा धारिलो चक्कु फेला पर्नुका साथै उनको शरीरमा खत समेत देखिएकाले चौधरीको हत्या भएको आशङ्का गरिएको एसपी सिंहले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक ||LIVE||
-
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
गुडिरहेको गाडीमा सिलिन्डर पड्किँदा ४६ वर्षीय थापाको ज्यान गयो, घटनास्थलमा कडा सुरक्षा
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण