आखिर किन प्रेम विवाह धेरै टिक्दैन ?
आइतबार, २६ असार २०७३, १२ : २३
प्रेम विवाह आजको जमानामा निकै साधारण कुरा हो । तर यो शब्द सुन्नमा जति रमाइलो लाग्छ त्यती नै धेरै प्रेम कहिलेकाँही गलाको पासो बन्ने गर्दछ । ।
एक शोधका अनुसार प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि सिद्धिने गर्दछ । आखिर यस्तो के गल्तीका कारण सम्बन्ध टुट्छ, यसबारे जानकारी लिऔं ।
धेरैजसो प्रेमविवाहमा विवाहभन्दा पहिले पुरुषहरु महिलासामू ठिक त्यसरी पेश आउँछन् जसरी महिलाहरु चाहन्छन् । प्रेमका कारण महिला पनि पुरुषलाई विश्वास गरिरहेका हुन्छन् । तर, यस्तो गर्नुपूर्व तपाईंले सोच्न आवश्यक छ किनभने ९० प्रतिशत पुरुषहरुले तपाईंलाई झुक्याइरहेका हुन्छन् । त्यसकारण विवाहभन्दा पहिले राम्रोसँग आफ्नो पुरुषबारे जानकारी लिनुहोस् ।
विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ ।
धेरैजसो अवस्थामा विवाह पछि दुबैको परिवारको विषयमा पनि समस्या आउने गर्दछ । दुबैले यदि एक अर्काको परिवारलाई सम्मान गर्दैनन् भने कुरा झगडासम्म पुग्ने गर्दछ ।
धेरैजसो अवस्थामा पुरुषले घरको सबै जिम्मेवारी महिलामाथि थोपर्ने गर्दछन् जसका कारण पनि झगडा हुने गर्दछ । विवाह दुई मानिसबीचको सम्बन्ध हो, त्यसकारण घरको काम होस् वा अरु कुनै सबैमा दुबैको परस्पर सहयोग हुन आवश्यक छ ।
महिलाहरुलाई सधैं एउटा इच्छा हुन्छ कि, आफ्नो श्रीमानले आमाको कुरा नसुनी आफ्नो कुरा सुनोस् भन्ने इच्छा हुन्छ । यो कुराले पनि दुबैबिच झगडा हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण