प्रदेश मुख्यमन्त्री र प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारण गरिने
काठमाडौँ - सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता शेरधनराईले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ९सुनसरी० लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न रु २० करोड थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नाका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण