सोमबारदेखि पोखराबाट पनि नेपाल– भारत मैत्री बस सेवा
पोखरा - नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने भएको छ ।
मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि बस सञ्चालन गर्न लागिएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।
गत जेठ ३१ गते बस सञ्चालन गर्नेबारे सम्झौता भएको थियो । पोखराको पर्यटन बसपार्कबाट बस दैनिक बिहान ९ बजे छुट्नेछ । बस पोखरा, स्याङ्जा, वालिङ, बुटवल, सुनौली सीमा हुँदै गोरखपुर, लखनऊ, दिल्ली पुग्नेछ । दिल्लीबाट समेत दैनिक बिहान ९ बजे बस छुट्ने अधिकारीले बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सुरु हुने उक्त सेवामा नेपाल र भारतका तर्फबाट चार–चार वटा बस सञ्चालन हुनेछन् । बसको बस भाडा रु तीन हजार ५२० तय गरिएको छ ।
सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो । सोही सम्झौताअनुसार काठमाडौँ–दिल्ली र काठमाडौँ–बनारसका लागि बस सञ्चालन भइरहेको छ ।
मोर्डन इराले २०६४ सालदेखि नेपालका विभिन्न स्थानमा बस सेवा सञ्चालन गरिरहेको छ । सोमबार सुरु हुने नेपाल भारतमैत्री बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण