एकीकरण गर्न राप्रपाका वार्ता टोलीबीच आठबुँदे सहमति
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण गर्ने सन्दर्भमा आज नीतिगत, सैद्धान्तिक र संरचनागत विषयमा आठबँुदे सहमति भएको छ ।
दुवै दलका वार्ता टोलीबीच भएको उक्त सहमतिले एकीकरण घोषणा गर्ने कार्यमा थप योगदान पुगेको विश्वास गरिएको छ । सहमतिपत्रमा एकीकरणपछि राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको राजनीतिक क्षितिजमा बहुदलीय प्रतिस्पर्धामा आधारित राष्ट्रवादी शक्तिका रुपमा रहने अठोट व्यक्त गरिएको छ ।
राप्रपा नेपाल संसदीय दलको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपाका महामन्त्री एवम् वार्ता टोलीका संयोजक बुद्धिमान तामाङले राष्ट्रवाद र प्रजातन्त्रमा विश्वास राख्ने दुवै पार्टीको अब ‘१० रिक्टर स्केलको भूकम्प आएपनि’ हल्लाउन नसक्ने दाबी गरे ।
राप्रपा नेपालका उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक राजीव पराजुलीले पार्टी विभाजनको पीडाले एकताको प्रयासका लागि निकै मेहनत र परिपक्व बनाएकाले पार्टी एकीकरण अब सर्वसम्मत रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
आज भएको सहमति आआफ्नो दलको केन्द्रीय कमिटीबाट पारित गरेपछि आगामी साउन १० गतेभित्रमा एकता घोषणा कार्यक्रम गर्ने तयारीमा दुवै दल जुटेका छन् । पार्टी एकीकरणका लागि दुवै दलले छ महिनाअघि वार्ता टोली गठन गरेका थिए । दुवै पार्टीबीच एकीकरण भएपछि यो वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको बुझिएको छ ।
पुराना पञ्चको बाहुल्यता रहेका दुवै पार्टीमा नेपालको राजनीतिमा खारिएका नेता रहेका छन् । पार्टी एकीकरण गर्ने क्रममा एकीकृत पार्टीको नाम राप्रपा राख्ने, चुनाव चिह्न भने गाई हुने भन्नेमा सहमति नजिक रहेको बुझिएको छ ।
राप्रपा नेपालले हिन्दू धर्म र राजतन्त्रलाई आफ्नो आस्थाका रुपमा व्याख्या गर्दै आएको छ भने राप्रपाले भने गणतन्त्र र सङ्घीयता सैद्धान्तिकरुपमै स्वीकारीसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण