सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार छ– नेता शर्मा
काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
संवाद क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय सहमतिका लागि आफूहरुले सरकार छाडेको बताउँदै अब संविधान कार्यान्वयन, भूकम्पपीडितको राहत, पुनःनिर्माण र सङ्घीयतालगायत कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक रहेको बताए।
नेता शर्माले मधेसी दलको आन्दोलन चलिरहेकाले सहमतीय सरकार बनाएर उनीहरुको मागलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता रहेको बताए । नेकपा एमालेका नेता गङ्गालाल तुलाधरले भूकम्पपछि जसरी तीन प्रमुख दल एकै ठाउँमा आए त्यसरी नै अहिले पनि तीनै एकै ठाउँमा आएर संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।
उहाँले सहमतिका लागि सबै राजनीतिक दलले एउटा सूत्र बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने, “जसरी अहिले केपी ओली सरकारमा टाँसिरहने भन्ने आरोप छ, त्यो गलत हो हामी संवैधानिक किसिमले बहिर्गमन हुन्छौँ ।” नेपाली काँग्रेसका नेता शङ्कर भण्डारीले प्रधानमन्त्री ओलीले राजीनामा दिइ सहज वातावरण बनाई मार्ग प्रशस्त गर्नुपर्ने विचार राखे ।
“कुनै पनि दल सरकारमा रहनु र नरहनु कुनै ठूलो कुरा हैन”– उनले भने, “संविधानमा भएका कुरा जनताले उपभोग गर्न पाउनु ठूलो कुरा हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण